Latest News

बाबुको टुङ्गो नभएका छोरा जन्माएपछि कांग्रेसकी यी चर्चित सांसद तनावमा !

Nepalese Times March 30, 2022 (2 Year ago)    1531 Views

काठमाडौं । बेलाबेलाका विभिन्न घटनाक्रमले विश्वभर नै चर्चा पाउने गर्छ । बाबुको टुङ्गो नभएका एक छोरा जन्माएपछि एक चर्चित सांसद एवं अभिनेत्री तानवमा आएकी छिन् ।

यो खबर भारतको हो । तृणमूल कांग्रेस (टीएमसी) सांसद तथा अभिनेत्री नुसरत जहाँ आमा बनेकी छिन् ।

अभिनेत्रीले एक छोरालाई जन्म दिएकी हुन् । आमा बनिसकेपछि फ्यान र सेलिब्रेटीहरु नुसरत जहाँलाई बधाई दिइरहेका छन् ।

नुसरत जहाँको गर्भावस्थाको बारेमा धेरै विवाद भएको थियो । नुसरत धेरै दिन देखि गर्भवती भएको खबरहरु आएका थिए । पछि नुसरतले बेबी बम्प देखाउँदै सार्वजनिक गरेको तस्विर भाइरल भयो ।

त्यसपछि उनको गर्भावस्था पुष्टि भयो । जब नुसरतको गर्भावस्थाको खुलासा भयो, त्यस समयमा उनी पति निखिल जैनसँग अलग भएको कुरा चर्चामा थियो । नुसरतको २०१९ मा निखिल जैनसँग विवाह भएको थियो ।

तर यस वर्ष भएको तनावपछि उनीहरु अलग भएका छन् । नुसरतको गर्भावस्थामा निखिल जैनले भनेका थिए कि उनी यस बारेमा केहि जान्दैनन् । उनले त्यसबेला पेटमा हुर्कदै गरेको बच्चा आफ्नो नभएको बयान दिएका थिए ।

त्यसबीच, नुसरत जहाँको अभिनेता यश दासगुप्तासंग अफेयर भएको चर्चा चल्यो । नुसरत जहाँ र निखिल जैनले सार्वजनिक रुपमा एक अर्का बिरुद्ध धेरै गम्भीर आरोप लगाएका छन् । निखिलले नुसरत र यश दासगुप्ताको अफेयर तिर इशारा गरेका थिए ।

यद्यपि निखिलले सीधै यशको नाम लिएनन् । तर यो पक्कै संकेत गरीएको थियो कि उनीहरुको सम्बन्धमा तनाव यशको कारणबाट आएको हो ।

नुसरतले निखिलसँगको बिहे अमान्य भन्दै अलग भएपछि आफ्नो एक बयानमा भनेकी थिइन्, ‘टर्की विवाह नियमनको अनुसार, एक विदेशी भूमिमा भएकोले, विवाह अमान्य छ ।

किनकि यो दुई फरक धर्मका मानिसहरु बीचको एक विवाह थियो, त्यसैले त्यसलाई भारतमा कानूनी मान्यता दिन आवश्यक थियो । आवश्यक थियो तर यो भएन् ।’ नुसरतले थप्दै भनेकी थिइन्, ‘कानूनी रूपमा यो विवाह मान्य छैन, तर एक सम्बन्ध वा लिभ–इन सम्बन्ध हो ।

त्यसैले सम्बन्ध विच्छेदको प्रश्न उठ्दैन ।’ नुसरतले निखिललाई आफ्नो खाताबाट पैसा निकालेको आरोप समेत लगाएकी थिइन् । यता, निखिलले पनि आरोप लगाए कि नुसरत जहाँ विवाह दर्ता गर्नबाट भाग्दै थिइन् ।

प्रतिक्रिया दिनुहोस