Latest News

रवीन्द्र मिश्र र राजेन्द्र लिङदेनबीच पार्टी एकताको सहमति, यस्तो रहने भयो पार्टीको नाम

Nepalese Times March 30, 2022 (2 Year ago)    2819 Views

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र कुनै पनि हालतमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्ने पक्षमा छन् । पार्टीमा आफूखुशी गर्न थालेपछि अल्पमतमा परेका उनी अहिले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग सम्वादमा छन् ।

पार्टीमा अल्पमतमा रहेको मिश्र कुनै पनि हालतमा राप्रपामा समाहित हुन खोज्नुको कारणबारेसमेत चासो र चर्चा भइरहेको छ । राप्रपाका अध्यक्ष लिङ्देन र मिश्रबीच दुई पार्टी एक बनाउँदा मिश्रलाई पार्टी संयोजक बनाउने मोटामोटी सहमति भएकोसमेत बुझिएको छ ।

यस्तै विवेकशिल साझाबाट गएकाहरुलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारीमा राख्नेसमेत अनौपचारिक सहमति भएको स्रोतले जनाएको छ । पार्टी एकतापछि पार्टीको नामा ‘राप्रपा विवेकशिल साझा’ राख्ने अवथा ‘राप्रपा साझा’ राख्ने भन्नेबारेमा पनि कुरा भइरहेका छ ।

तर, मिश्र अहिले विवेकशील साझामा अल्पमतमा परेका छन् । ९६ जना केन्द्रीय सदस्य उजुरी बोकेर निर्वाचन आयोग पुगेपछि अध्यक्ष मिश्र विवेकशिल साझा पार्टीमा अल्पमतमा परेका हुन्।

आइतबार बसेको विवेकशील साझा पार्टीको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगको एकताबारे स्पष्ट पार्न केन्द्रीय सदस्यहरुले मिश्रलाई आग्रह गरेका थिए।

मिश्रले एजेन्डा नै नरहेको विषयलाई औपचारिक रुपमा बहसमा ल्याउन नचाहेको बताएपछि केही केन्द्रीय सदस्यहरुले विरोध जनाएका थिए ।

त्यसपछि अवरुद्ध भएको बैठकलाई अन्त्यमा प्रदेश संयोजकहरू तोकेको निर्णय सुनाउँदै मिश्रले आकस्मिक अन्त्य गरिदिएका थिए।

त्यसपछि आक्रोशित असन्तुष्ट समूहले सोमबार मिश्रलाई बाइपास गर्दै बहुमत केन्द्रीय समितिको छुट्टै बैठक बोलाएको थियो।

उक्त बैठकले अघिल्लो दिन मिश्रले बहुमत नहुँदै एकलौटी गरेका प्रदेश संयोजक चयन लगायत निर्णय स्वीकार्ने निर्णयसहित मिश्रलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

असन्तुष्ट समूहको निर्णय र मिश्रलाई कारवाहीको माग राख्दै संगठन विभाग प्रमुख निर्देश सिलवाललगायत केन्द्रीय सदस्यहरुले सोमबार निर्वाचन आयोग निवेदन दर्ता गराएका छन्।

 

प्रतिक्रिया दिनुहोस