Latest News

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पाए महत्वपूर्ण जिम्मेवारी

Nepalese Times March 30, 2022 (2 Year ago)    913 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवक्ता रहेका ज्ञानेन्द्र शाहीलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका छन्।

राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच भएको सम्झौता र पार्टी विधान बमोजिम शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको हो ।

अध्यक्ष लिङ्देनले मंगलबार शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेका हुन्। यसअघि लिङ्देनले कार्यसम्पादन समितिमा २० जनालाई मनोनीत गरेका थिए। ३३ सदस्यीय हुने कार्यसम्पादन समितिमा अब ११ जना मनोनीत गर्न बाँकी रहेको पार्टीले जनाएको छ।

उनलाई मनोनित गरिएसँगै कार्यसम्पादन समितिको सदस्य संख्या २४ पुगेको छ । अब बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने राप्रपाले जनाएको छ ।

यसअघि समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, सात जना उपाध्यक्ष क्रमशः बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ र मुकुन्द श्याम गिरी, पाँच जना महामन्त्री क्रमशः डा. धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह रहेका थिए ।

केन्द्रीय कार्य सम्पादन समितिमा केन्द्रीय सदस्यहरु दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियारलाई पनि मनोनित गरिएको थियो ।

राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द स्वतः कार्यसम्पादन समितिको सदस्य हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस