Latest News

पल शाहलाई जेलमुक्त किन गर्ने ? यस्ता छन् उनका वकिलको दाबी

Nepalese Times March 30, 2022 (11 Month ago)    456 Views

काठमाडौं । पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा राखिएका अभिनेता पल शाहले थुनामुक्त गर्न माग गर्दै मंगलबार उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिएको अभिनेता शाह पक्षका वकिल वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए । शाहलाई धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरिएको छ ।

उनको दाबी अनुसार पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि बलात्कार नभएको पुष्टि गरेको जिकिर गरिएको छ ।

जाहेरी ढिला पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरू सँगै काम गर्नु, घुमफिर गर्नुलगायत गतिविधिले बलात्कार नभएको पुष्टि भएको उनले दाबी गरेका छन् ।

गत बिहीबार जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको र आदेशअनुसार उनलाई त्यही रात तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतबाट जिल्ला कारागार लगिएको उनका वकिल वाग्लेको भनाइ छ ।

यस्तै अभिनेता शाहका म्यानेजर कृष्ण जोशीलाई भने अदालतले धरौटीमा छाड्न आदेश दिएकाले उनी धरौटी बुझाएर त्यही दिन रिहा भएका र जोशले पीडितलाई कानुनी उपचारमा अवरोध गरेको अभियोग रहको वकिलको भनाइ छ ।

अभिनेता शाहविरुद्ध जिल्ला अदालत पूर्व नवलपरासीमा पनि उनै पीडितले बलात्कार आरोपमा मुद्दा दर्ता गराएकी छन्। त्यहाँ थुनछेक बहस हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस