Latest News

काठमाडौंमा बिहानै वर्षा, आज दिनभर कुन–कुन ठाउँमा पानी पर्ला ?

Nepalese Times March 30, 2022 (2 Year ago)    504 Views

काठमाडौं । राजधानी काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ ।अहिले बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा फाटफुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

धादिङ सोलुखुम्बु, काठमाडौंतिर पनि वर्षा भइरहेको तर वर्षा एकदमै सीमित स्थानमा हल्का, फाटफुट मात्र भइरहेको उनको भनाइ छ ।आज दिनैभरि मौसम बदली हुने र यस्तै क्षणिक, हल्का खालको वर्षा हुन सम्भावना रहेको तर ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् ।

हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

अबको २४ घण्टामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना सम्भावना रहेको छ । साथै तराई भू-भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले बताएका छन् ।

बुधबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

बुधबार राती प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

विहिबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

विहिबार राती प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भुभागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

शुक्रबार दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

शुक्रबार राती प्रदेश १, बागमती प्रदेश प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस