Latest News

१४ घण्टासम्म लोडसेडिङ, कुलमान घिसिङको चर्को विरोध

Nepalese Times March 30, 2022 (2 Year ago)    839 Views

काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ।

अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ।

विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

अघिल्लो सातासम्म दैनिक एक–डेढ घण्टा लोडसेडिङ हुँदै आएकोमा शनिबार यता औद्योगिक क्षेत्रका उद्योगहरूले १४ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य भएका छन् ।

प्राधिकरणले शनिबार साँझ ७ बजेदेखि आठ घण्टा, आइतबार साँझ ६ बजेदेखि १२ घण्टा र सोमबार दिउँसो ४ बजेदेखि १४ घण्टासम्म लोडसेडिङ गरेको छ।

गोरखापत्र दैनिकमा प्रकाशित खबर अनुसािर हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले मङ्गलबार साँझ ६ बजेदेखि १२ घण्टाका लागि लोडसेडिङ हुने जानकारी आएको बताए ।

औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भएसँगै उद्योगी व्यवसायीहरु प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको चर्को आलोचना भइरहेको छ । यसअघि लोडसेडिङ अन्त्य गरेको भनेर वाहवाह पाएका घिसिङ अहिले आलोचनाको पात्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस