Latest News

काँग्रेसले गर्यो स्थानीय तह निर्वाचनका लागि २ समिति गठन, क-कसले पाए जिम्मेवारी ?

Nepalese Times March 29, 2022 (2 Year ago)    887 Views

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । बाँकी सदस्य भने सभापति शेरबहादुर देउवाले आवश्यकताअनुसार थप्ने बताइएको छ।

सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिने प्रवक्ता महतले बताए ।

यस्तै नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा बसेको संयुक्त बैठकले आवश्यक्ता र औचित्यका आधारमा स्थानीय तहसँग समन्वय गरी सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस