Latest News

प्रचण्डकी छोरी रेनु दाहाल फेरि मेयरमा उठ्न लागेकी हुन् ? दिइन् यस्तो प्रतिक्रिया

Nepalese Times March 29, 2022 (11 Month ago)    484 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवम् भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले फेरि पनि मेयरमा उठ्ने व्यक्तिगत रहर नभएको प्रतिक्रिया दिएकी छिन् ।

पाँच वर्षसम्म मेयरका रूपमा रहँदा जनताको अपेक्षा पूरा गर्न सक्दो कोसिस गरेको भन्दै उनले व्यक्तिगत हिसाबले आफूलाई रहर नभएको तर आम नागरिकले फेरि चाहेमा मेयरमा उठ्ने बताइन् ।

‘आफ्नो ठाउँबाट सकेको कोसिस गरें। जनताले जे अपेक्षा गरेर भोट हालेर जिताउनुभयो, मैले आफ्नो कर्तव्य कति पालना गरेँ, पूरा गरेँ कि गरिनँ त्यसको समग्र मूल्यांकन जनताले गर्नुहुन्छ,’ दाहालले भनिन्, ‘म आफ्नो ठाउँबाट सन्तुष्ट छु। फेरि मेयरमा दोहोर्‍याउनुपर्ने मेरो व्यक्तिगत रहर छैन।’

जनताले रेनु नै आउनुपर्छ भने र पार्टीले पनि त्यही निर्णय गर्‍यो भने पुनः मेयरमा उठ्न तयार रहेको भन्दै उनले आफूले गरेको काम देखेर जनस्तरबाट अब कम्तीमा एकचोटि राजनीतिभन्दा माथि उठेर तपाईं आइदिनुपर्‍यो भन्ने आवाज बढिरहेको बताइन्।

दाहालले आगामी दिनको परिस्थिति कसरी अघि बढ्छ त्यसलाई हेरेर पार्टीले निर्णय गर्ने बताइन्। यदि आफ्नो आवश्यकता यही हो भने जनता र पार्टीले भने हिजो सबै खाले चुनौतीमा त जनता र राष्ट्रको हितलाई केन्द्रमा राखेर होमिएको हो, अहिले पनि तयार रहेको बताइन् ।

मेयर दाहालले यहाँ भएका कामका कारण देशका अन्य महानगरपालिकको भन्दा भरतपुरको चर्चा परिचर्चा बढी हुने गरेको दाबी गरिन्।

आफूले गरेका राम्रा कामका कारण राजनीतिक दलहरूले देशको राजधानी रहेको काठमाडौं महानगरपालिकालाई भन्दा भरतपुरलाई बढी प्रतिष्ठाको विषय बनाइरहेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस