Latest News

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

Nepalese Times March 29, 2022 (2 Year ago)    749 Views

परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग मंगलवार भेटवार्ता गरेका छन्।

बिमस्टेकको १८ औं मन्त्री स्तरीय बैठकका क्रममा खड्काले भारतीय समकक्षीसँग श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता गरेका हुन्। बिमस्टेक बैठकको साइडलाइनमा दुई परराष्ट्रमन्त्रीबीच वार्ता भएको हो।

यो वार्तामा यही चैत १८ गतेदेखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

भेटबारेमा एस जयशंकरले पनि पुष्टि गरेका छन्। उनले कनेक्टिभिटी, ऊर्जा, रासायनिक मल, स्वास्थ्य र बिजुलीमा आपसी सहयोगबारे कुरा भएको जानकारी दिएका छन्।

दुई समकक्षीबीचको भेटमा रामायण सर्किटको प्रगतिबारे ध्यान दिने विषयमा पनि सहमति भएको जयशंकरले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस