Latest News

के राजेश हमाल एमाले प्रवेश गर्न लागेका हुन् ? दिए यस्तो प्रतिक्रिया

Nepalese Times March 29, 2022 (2 Year ago)    1102 Views

काठमाडौं । अभिनेता राजेश हमाल केही दिनअघि चर्चामा आए । एउटा भ्लगमार्फत आफू ‘काठमाडौंको मेयर उठ्नुपर्छ कि क्या हो’ भनेपछि उनी चर्चामा आएका हुन् । काठमाडौंको मेयरमा उठ्ने चर्चामात्रै होइन, उनी नेकपा एमाले प्रवेश गर्ने कुरासमेत सामाजिक संजालमा भाइरल भयो । तर उनले आफू कुनै पनि पार्टीमा प्रवेश गर्ने मनस्थितिमा नरहेको बताएका छन् ।

सोमबार हमालको अर्को चर्चा पनि चल्यो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु जाँदै थिए। स्वतन्त्र समूहबाट निर्वाचित रहेका कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद वृजेशकुमार गुप्ता र प्रदेशसभा सदस्यहरु पार्टीमा प्रवेश गराउन काठमाडौंबाट जम्बो टोली लिएर भैरहवा उडान हुँदै कपिलवस्तुको सदरमुकाम तौलिहवामा जाने तयारीमा थिए।

एमाले नेताहरुकाअनुसार ओलीको टिकट ११ बजेको थियो। अरु नेताहरु समयमै विमानस्थल पुग्दा जहाज डिले भएकाले ओली साढे १२ बजेपछि मात्रै विमानस्थल पुगेका थिए। विमानस्थलमा आफ्नो गन्तव्यमा जान अभिनेता राजेश हमाल पहिले नै भीआईपी रुपमा वेटिइङमा थिए। भीआईपी कक्षमा हमालसँग ओलीको जम्काभेट भइहाल्यो।

ओलीले हमाललाई के छ हालखबर भनेर सोधिहाले। हमालसँग भलाकुसारी हुँदा सँगै थिइन् करिश्मा मानन्धर। हालै एमाले प्रवेश गरेर पार्टीका कार्यक्रममा ओलीसँगै हिँडिरहेकी मानन्धर ओली(हमाल सम्वादको प्रत्यक्षदर्शी थिइन्।

उनीहरुबीच राजनीतिक, सामाजिक, सांस्कृतिक र कलाकारिताको विषय कुराकानी भएको मानन्धरले बताइन्। ‘उहाँ ९राजेश० मेरो को(स्टार हो। भेटेर खुसी लाग्यो। अध्यक्षज्यूले विकासको कुरा, टुरिजमको कुरा, चलचित्र क्षेत्रको विकासको कुरा गर्नुभयो। सञ्चोविसञ्चो भयो,’ उनले भनिन्।

प्रत्यक्षदर्शी नेताकाअनुसार निस्किने बेला ओली र हमालबीच उभिएरै ३र४ मिनेट जति व्यक्तिगत कुराकानी भएको थियो। दुबैबीच ठट्टासमेत भएको थियो।

११ बजेको फ्लाइट डिले भएर एक बजेपछि भैरहवा उडेका ओलीका साथमा मानन्धरसँगै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेता साथमा थिए। त्यसैगरी पोखरा हिँडेका स्थायी समिति सदस्य खगराज अधिकारी पनि वेटिइङमा थिए।

प्रतिक्रिया दिनुहोस