Latest News

काठमाडौंले बनायो विश्वकै अस्वस्थ सहरको रेकर्ड, कति छ एक्यूआई ?

Nepalese Times March 29, 2022 (2 Year ago)    1026 Views

काठमाडौं । काठमाण्डौ उपत्यका विश्वकै अस्वस्थ सहरमा परेको छ । काठमाडौंको हावाको गुणस्तर अस्वस्थकर रहेकोले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् ।

यो खबर तयार पार्दासम्म काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६३ रहेको छ । सोमबार काठमाण्डौको एक्यूआई १ सय ६७ पुगेको थियो ।

यस्तै अहिले सबैभन्दा धेरै वायु प्रदूषण हुने सहरमा भारतको दिल्ली रहेको छ । भारतको दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १९० पुगेको छ ।

दोस्रो धेरै वायु प्रदूषण भएको सहरमा पाकिस्तानको लाहोर परेको छ । पाकिस्तानको लाहोरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७० रहेको छ ।

यस्तै रसियामा पनि वायु प्रदूषण तिब्र रहेको छ । रसियाको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६९ पुगेको छ । नेपालको राजधानी काठमाडौं तेस्रो नम्बरमा रहेको छ ।

सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ । एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । काठमाण्डौको आकाश आज पनि धुम्मिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ ।

अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेरसमूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । एक्यूआई इन्डेक्सका अनुसार आज बिहान साढे सात बजे भारतको दिल्ली सहर सबैभन्दा प्रदूषित छ ।

गएको वर्ष देशका पाँच सयभन्दा धेरै ठाउँमा एकैपटक लागेको डढेलोका कारण नेपालमा चैत १३ गतेदेखि प्रदूषण उच्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस