Latest News

यस्तो उदेश्य बोकेर माधव नेपाल टर्की प्रस्थान

Nepalese Times March 29, 2022 (11 Month ago)    619 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अध्यक्ष नेपाल टर्किस एअरलाइन्सको जहाजमार्फत् इस्तानाबुल हुँदै अंकरातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । मार्च २९ देखि ३१ सम्म आयोजना हुने इकोक्लाइमेट सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष नेपाल चैत १९ गते स्वदेश फर्कने कार्यक्रम छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबार तीन दिने औपचारिक भ्रमणमा भारत जाँदैछन्। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकसाथ भ्रमणको घोषणा गरेका छन्। आठ महिनाअघि प्रधानमन्त्री नियुक्त भएयता देउवा पहिलो पटक भारत जान लागेका हुन्।

देउवा स्थानीय चुनावको मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जाने भएका छन्। भारत सरकारका एक अधिकारीले नेपालको आउँदो चुनावलाई हेरेर प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लागेको बताए।

उनका अनुसार भारत कांग्रेस र माओवादीबीच चुनावी तालमेल होस् भन्ने पक्षमा छ। वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ भने प्रदेश र संघीय संसदको चुनाव पनि अबको एक वर्षभित्र हुनेछ।

कांग्रेस र मधेशी दलबीच चुनावी तालमेल होस् भन्ने पक्षमा भारत देखिएको छ। मोदीले प्रधानमन्त्री देउवासँग हुने एकल भेटवार्तामा चुनावको विषयमा छलफल गर्नेछन्।

प्रतिक्रिया दिनुहोस