Latest News

एकाबिहानै धनुषाबाट दुःखद् खबर, ४ जनाले ज्यान गुमाए

Nepalese Times March 29, 2022 (2 Year ago)    2336 Views

काठमाडौं । धनुषाको सबैलामा मोटरसाइकल पल्टिँदा ४ जनाले ज्यान गुमाएका छन् । एक जना घाइते भएका छन् ।

सबैला नगरपालिका–१२ बरकुर्वामा बेलुका साढे ८ बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा रहेका पाँच जनामध्ये चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए ।

सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादवलाई चोट लागेको र यादवको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस