Latest News

आज २०७८ साल चैत्र १५ गते मंगलवारको राशिफल हेर्नुहोस्

Nepalese Times March 29, 2022 (2 Year ago)    591 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यबाट सफलताको योग छ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ र त्यसबाट फाइदा पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाइदा लिन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात् सफलता हात पर्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप खेप्नुपर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक साथ र सद्भाव बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक पक्ष भने राम्रो हुने देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा खुसी छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटाव पनि आउला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस