Latest News

विप्लव नेकपाको बैठक सकियो, के–के भयो निर्णय ?

Nepalese Times March 28, 2022 (2 Year ago)    611 Views

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ ।

आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको हो ।

चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको सो पार्टीको बैठक १० दिन बसेर सोमवार सकिएको नेता धर्मेन्द्र बास्तोललाले बताए । तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको उनको भनाइ छ ।

जसमा महाधिवेशन, एमसीसी र निर्वाचनको विषयमा छलफल र निर्णय भएको भन्दै नेता बास्तोलाले महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने निर्णय भएको बताए ।

यस्तै एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको उनले बताए । यद्यपी संस्थागत रुपमा पार्टी निर्वाचनमा नगएपनि व्यक्तिगत रुपमा जनपक्षीय उम्मेदवारलाई सघाउन सक्ने निर्णयसमेत भएको छ ।

बैठकमा महासचिव चन्दले पेश गरेको राजनीतिक प्रतिवेदनमा व्यापक संशोधन गर्दै पारित भएको छ । चन्दले निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावप्रति केन्द्रीय समिति सदस्यहरुले असहमति जनाएपछि संशोधनसहित पारित भएको हो । बैठकमा ६९ सदस्यीय केन्द्रीय समिति सदस्य मध्ये ४४ जना विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस