Latest News

करिश्मा मानन्धरको न्वारानको नाम के थियो ? केपी ओलीकै अगाडि गरिन् यस्तो खुलासा

Nepalese Times March 28, 2022 (2 Year ago)    412 Views

काठमाडौं । नेकपा एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारानको नाम सार्वजनिक गरेकी छिन् । अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्दै उनले आफ्नो न्वारानको नाम खुलासा गरेकी हुन् ।

पहिलोपटक पार्टीको आसभामा भाषण गर्दै उनले भनिन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है ।’

कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर पाएकी करिश्माले यस्तो बताएकी हुन् । उनी कार्यक्रममा सहभागी हुँदा उत्साहीत देखिन्थिन् तर नर्भस पनि भएकी थिइन् ।

भाषणको सुरुमा मञ्चमा रहेका नेताहरूलाई सम्बोधन गर्दा नै करिश्माले गडबडी गरेकी थिइन् । उनले विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई वरिष्ठ महासचिव भनेकी थिइन् ।

उनले भनिन्, ‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सानुभएकोमा धन्यवाद । यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ,’ करिश्माले भनिन्, ‘आइ एम क्वाइट इम्प्रेस्ड ।’

विगतमा जहाँ भौतारिए पनि बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको आफूलाई लागेको भन्दै उनले भनिन्, ‘अब चाहिँ समाजका लागि योगदान दिन सक्छु भन्ने आत्मविश्वास जागेको छ, केही गर्ने आँट आएको छ ।’

भाषण टुंग्याउँदै करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजीसमेत गर्न भ्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस