Latest News

विमानस्थलवाट उडे लगत्तै विजुलीको पोलमा जहाज ठोक्कियो, कति यात्रु थिए ?

Nepalese Times March 28, 2022 (2 Year ago)    1249 Views

काठमाडौं । एउटा विमान विमानस्थलवाट उडे लगत्तै नजिकै रहेको विजुलीको पोलमा ठोक्किएको छ । यो घटना भारतमा भएको हो ।

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार उडेको केही बेरमै विमान ठोक्किएको भारतका विभिन्न संचारमाध्यमले जनाएका छन् ।

सोमबार स्पाइसजेटको विमान दिल्ली एयरपोर्टमा उड्ने क्रममा धावनमार्ग नजिकैको बिजुलीको पोलमा ठोक्किएको थियो । यसमा कुनै मानवीय क्षति भने भएको छैन ।

स्पाइसजेटको विमान श्रीनगर (जम्मु कश्मीर) जाँदै गर्दा ठोक्किएको हो । विजुलीको पोलमा विमान ठोक्किएको भएपनि सबै यात्रु सकुशल छन् ।

घटनापछि यात्रुहरूलाई अर्को विमानबाट पठाइएको थियो। घटना सोमबार बिहान करिब १० बजेको हो । घटनाबारे अनुसन्धान थालिएको विमानस्थल अधिकारीले बताएका छन्।

यसअघि पनि दिल्ली एयरपोर्टबाट अमृतसर (पन्जाब) जाँदै गरेको एयर भिस्ताराको विमानलाई आपत्कालीन अवतरण गर्नुपरेको थियो । पन्जाब जाँदै गरेको एयर भिस्तारा विमानको हाइड्रोलिक ब्रेकले काम नगरेको कारण दिल्ली एयरपोर्टमा आपत्कालीन अवतरण गर्नुपरेको थियो ।

उक्त समयमा जहाजमा १४६ यात्रु सवार थिए । त्यसपछि सबै यात्रुहरूलाई अर्को विमानबाट अमृतसर पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस