Latest News

साना दलहरुलाई खुसीको खबर, निर्वाचन आयोगले गर्यो यस्तो महत्वपूर्ण निर्णय

Nepalese Times March 28, 2022 (2 Year ago)    555 Views

काठमाडौं – स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको छ ।

राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरूको समेत संख्या आयोगले सार्वजनिक गरेका छन् । अब कुल ७९ वटा दलले आफ्नै चुनाव चिन्ह लिएर उम्मेदवारलाई मैदानमा पठाउन पाउने भएका छन् ।

काठमाडौंमा सबैभन्दा बढी ४६ वटा दल रहेका छन् भने मनाङ,मुस्ताङ र डोल्पामा पाँच वटा साना दलसहित ११ वटा दलले राष्ट्रिय स्तरकै चुनाव चिन्ह पाउनेछन् ।

निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको छ । काठमाडौंको मतपत्र नियमित भन्दा निकै ठूलो आकारको हुने भएको छ ।

निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११९५५ मतदान स्थल कायम भएका छन् । निर्वाचन प्रयोजनका लागि आयोगले सबै जिल्लामा चैत १६ देखि कल सेन्टर स्थापना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस