Latest News

राप्रपा अध्यक्ष लिङदेनले गठन गरे केन्द्रीय कार्यसम्पादन समिति, क-कसले पाए जिम्मेवारी ?

Nepalese Times March 28, 2022 (2 Year ago)    876 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो अध्यक्षतामा २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् ।

अध्यक्ष लिङ्देनको अध्यक्षतामा २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

आज भएको मनोनयनबाट कार्यसम्पादन समितिको सदस्य संख्या २३ पुगेको छ । अब बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने प्रवक्ता श्रेष्ठले बताएका छन् ।

समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, सात जना उपाध्यक्ष क्रमशः बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ र मुकुन्द श्याम गिरी, पाँच जना महामन्त्री क्रमशः डा. धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह रहेका छन् ।

केन्द्रीय कार्य सम्पादन समितिमा केन्द्रीय सदस्यहरु दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार रहेका छन् ।

राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द स्वतः कार्यसम्पादन समितिको सदस्य हुने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस