Latest News

अब माओवादीले नयाँ रेकड बनाउँछ – प्रचण्ड

Nepalese Times March 28, 2022 (2 Year ago)    709 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टीले नयाँ रेकर्ड बनाउने बताएका छन् ।

जनयुद्धको जग रोल्पा पुगेर उनले माओवादी केन्द्रले नयाँ रेकर्ड बनाउन पार्टी अग्रसर भइरहेको बताए । सोमबार रोल्पाको सातदोबाटोस्थित ‘जनयुद्ध स्मृति टावर’ को उद्घाटन समारोहमा उनले रोल्पाले नेतृत्वप्रतिको निष्ठालाई बग्न नदिएको बताए ।

आगामी तीनै तहको निर्वाचनमा नयाँ रेकड बनाउन माओवादी लागिपरेको भन्दै भने, ‘सबैलाई थाहै छ, अहिले गठबन्धनको सरकार छ । अघिल्लो साल झण्डै झण्डै प्रतिगमनले संविधानले प्राप्त गरेका उपलब्धिहरु उल्टिने खतरा पैदा गरेको थियो । त्यसविरुद्ध पनि आन्दोलन गर्यौँ र सफल भयौँ ।’

उनले अहिले गठबन्धन टुटाउन चलखेल भइरहेको तर, आफूहरु दृढताका साथ गठबन्धनलाई कायम राख्ने र आगामी निर्वाचनमा नयाँ रेकड बनाउनुपर्छ भन्ने मान्यता बोकेर अघि बढ्ने बताए ।

अध्यक्ष प्रचण्डले यसअघिका निर्वाचनमा पनि रोल्पाले आफ्नो पहिचान गुम्न नदिएको भन्दै अहिले देशलाई प्रतिगमनतिर लैजाने षड्यन्त्रलाई परास्त गरेर रोल्पामा लालकिल्ला गाड्ने पनि बताए ।

सबै निर्वाचनमा रोल्पाले आफ्नो पहिचान गुमाउन नदिएको भमन्दै उनले नेतृत्वप्रतिको निष्ठालाई बग्न नदिने बताए । आगामी निर्वाचनमा पनि रोल्पाले महान शहिद र बेपत्ता योद्धाहरुलाई सम्झिँदै देशलाई प्रतिगमनतिर लैजाने षड्यन्त्रलाई परास्त गर्दै र फेरि पनि रोल्पालाई लालकिल्लाको रुपमा कायम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस