Latest News

गठबन्धन गर्न नहुँने भन्दै शेखर कोइरालाले देउवालाई बैठकमै दिए कडा चेतावनी

Nepalese Times March 28, 2022 (2 Year ago)    1124 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले कुनै पनि हालतमा चुनावमा अरु दलसँग गठबन्धन गर्न नहुँनदे बताएका छन् । चुनावका लागि अरु दलसँगको गठबन्धनमा नभई पार्टीको एकतामा ध्यान दिनुपर्ने भन्दै उनले गठबन्धन लाद्ने प्रयास नगर्न चेतावनी दिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा उनले भने, ‘गठबन्धन कोसँग ? किन ? र के का लागि गर्ने ?’ केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गर्छु–गर्दिन भन्दा पनि पहिलो प्राथमिकतामा तलैबाट पार्टीभित्र एकता र सहकार्य गर्नुपर्ने बताए ।

मंसिरमा भएको महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका कोइरालाले माथिबाट गरिएको गठबन्धनलाई तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ भन्ने प्रश्न गर्दै उनले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

यस्तै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताएकी छिन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेकी कोइरालाले आफ्नै दाईसमेत रहेका शेखर कोइरालालाई जवाफ दिँदै गठबन्ध गर्नुपर्ने बताएकी हुन् ।

गठबन्धनकै कारण कांग्रेसले धेरै थोक पाएको हुनाले गठबन्धन जोगाएर जानुपर्ने भन्दै उनले भनिन्, ‘गठबन्धन गर्नुपर्छ। गठबन्धनकै कारणले आज नेपाली कांग्रेसले प्रधानमन्त्री पाएका छौँ, प्रधानमन्त्री पायौँ, चिफ मिनिस्टर पायौँ, अपर हाउस जित्यौँ। गठबन्धनलाई छोड्नु हुँदैन । त्यसका लागि हामीले मोडल तयार पार्न सक्छौँ’ उनले भनिन्।

गठबन्धन गर्नुपर्छ, या पर्दैन भनेर यो बेलामा धेरै विवाद गर्न नहुने भन्दै उनले निर्वाचनको बेला आफूहरुले धेरै विवाद गर्नै नहुँने बताइन् । गुट उपगुट समाप्त गर्ने बेलामा यसले नराम्रो असर गर्नेसमेत उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस