Latest News

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका

Nepalese Times March 28, 2022 (2 Year ago)    724 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् । उनी शुक्रबार भारत जाने भएका हुन् ।

भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको औपचारिक भ्रमणबारे जानकारी गराएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्राणामा पत्नी आरजुसहित प्रधानमन्त्री देउवाले नेपाली टोलीको नेतृत्व गर्दै छिमेकी देश भारत जान लागेका हुन् ।

भारत रहँदा प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ। परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भ्रमणको पुष्टि गरेको छ।

विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरवाद हाउसमा द्विपक्षीय वार्ता हुने छ। भारतीय प्रधानमन्त्री मोदीले सम्मानसहित नेपाली भ्रमण टोलीलाई सोही दिन दिवा भोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस