Latest News

स्थानीय चुनावमा गठबन्धन गर्नेबारे सुजताले शेखरलाई दिइन् कडा जवाफ

Nepalese Times March 27, 2022 (2 Year ago)    1297 Views

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताएकी छिन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेकी कोइरालाले आफ्नै दाईसमेत रहेका शेखर कोइरालालाई जवाफ दिँदै गठबन्ध गर्नुपर्ने बताएकी हुन् ।

गठबन्धनकै कारण कांग्रेसले धेरै थोक पाएको हुनाले गठबन्धन जोगाएर जानुपर्ने भन्दै उनले भनिन्, ‘गठबन्धन गर्नुपर्छ। गठबन्धनकै कारणले आज नेपाली कांग्रेसले प्रधानमन्त्री पाएका छौँ, प्रधानमन्त्री पायौँ, चिफ मिनिस्टर पायौँ, अपर हाउस जित्यौँ। गठबन्धनलाई छोड्नु हुँदैन । त्यसका लागि हामीले मोडल तयार पार्न सक्छौँ’ उनले भनिन्।

गठबन्धन गर्नुपर्छ, या पर्दैन भनेर यो बेलामा धेरै विवाद गर्न नहुने भन्दै उनले निर्वाचनको बेला आफूहरुले धेरै विवाद गर्नै नहुँनदे बताइन् । गुट उपगुट समाप्त गर्ने बेलामा यसले नराम्रो असर गर्नेसमेत उनले बताइन् ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको, छलफल नगरेको भन्दै शेखर कोइराला समूहले आपत्ति जनाउँदै आएको छ। देउवाले नेविसंघ र तरुण दलको तदर्थ समिति गठन गर्दा आफ्नो पक्षलाई बेवास्ता गरेको भन्दै शेखर समूहले समानान्तर भेला पनि डाकेको छ। शेखरले गठबन्धन गर्न नहुने बताइरहँदा सभापति देउवा भने गठबन्धन गर्नुपर्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस