Latest News

लोसपालाई झड्का: यी केन्द्रीय नेतालाई देउवाले गरे स्वागत, ७ सय कार्यकर्ता कांग्रेसमा आउने तयारी

Nepalese Times March 27, 2022 (2 Year ago)    2049 Views

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश गरेका छन्। सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालयमा उनलाई पार्टी प्रवेश गराएका हुन्।

सानेपास्थित केन्द्रीय कार्यालयमा यादवलाई कांग्रेससभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वउपसभापति विजयकुमार गच्छदारलगायतले खादा, माला र अबिर लगाएर स्वागत गरे ।

कांग्रेस प्रवेशको क्रममा यादवले आफूसहित लोसपाका ७ सय कार्यकर्ता कांग्रेसमा आउने तयारीमा रहेको बताए ।

पार्टी प्रवेशपछि बोल्‍दै यादवले नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको यो पार्टीमा प्रवेश गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले काग्रेस प्रवेश गरेको हुँ।’

प्रतिक्रिया दिनुहोस