Latest News

सत्ता गठबन्धन कांग्रेसको रहरले मात्रै बनेको होइनः प्रकाशमान सिंह

Nepalese Times March 27, 2022 (2 Year ago)    850 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले परिबर्तनका लागि काम गरेको पार्टी नेपाली कांग्रेससँग अरु पार्टीको तुलना नै हुन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस जन–जनको मनमा बसेको पुरानो र भर्पर्दो पार्टी भएको उनले बताए । काठमाडौंको बानेश्वरमा भएको कार्यक्रममा बोल्दै उनले बर्तमान सत्ता गठबन्ध कांग्रेसको चाहाना नभई मुलुकको बाध्यातामक अवस्थाको कारण बनेको बताए ।

संविधान र लोकतन्त्रमाथि प्राहार भएपछि परिस्थितिलाई समालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता कांग्रेसलाई आइपरेको उनले बताए । स्थानीय निर्वाचनबारे कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिनेसमेत उनले बताए ।

पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्नेसमेत उनले बताए । कांग्रेस सबै कमिटीहरुले उमेदवार सिफारि गर्दा बिधान को परिधिभित्र रहेर गर्न समेत आग्रह गरे ।

बर्तमान सरकारको मुख्प दाईत्व भनेकै संविधान लाई ट्याक मा लाउन र संविधान र कानु बमोजिम समय सिमा भित्र निर्वाचन गराउने मुख्य अभिभारा रहेकाले सरकार तोकिएकै समयमा निर्वाचन गराउन लागिरहेको र अब मुलुकको ध्यान निर्वाचन केन्द्रीय भइसकेको बताए । नेपाली नागरिकले बिगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे त्यसको मुल्यांकन गर्ने बेला आएकोसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस