Latest News

जहाजमा रहेका सबैको ज्यान गएको घोषणा

Nepalese Times March 27, 2022 (11 Month ago)    555 Views

काठमाडौं । चीनमा गत सोमबार दुर्घ’टनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा रहेका सबै १३२ जना मानिसको ज्यान गएको घोषणा भएको छ । गत सोमबार चीनको कुनमिङबाट ग्वान्जाओ जाँदै गरेको बोइङ ७३७(८००एनजी मोडलको जहाज २९ हजार फिटमाथिबाट एक्कासी जमिनमा बजारिएको थियो।

पहाडको जंगलमा जहाज खसेपछि आगो लागेको थियो। खोजीकर्ताहरूले सुरूमै कोही जीवित हुने सम्भावना नरहेको बताएका थिए।

शनिबारसम्मको खोजीमा कोही पनि जीवित नभेटिएपछि शनिबार साँझ चिनियाँ अधिकारीहरूले १२३ यात्रु र ९ जना चालक दलका सदस्यको ज्यान गएको घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

जहाजमा रहेका यात्रुका आफन्त शव भेटिन्छ कि भनेर केही दिनअघि दुर्घटनास्थल पुगेका थिए। खोजीकर्ताहरूले कसैको शव पनि फेला पारेनन्। गत बुधबार जहाजको ब्ल्याक बक्स फेला परेको थियो।

बुधबार उक्त विमानको ब्ल्याक बक्स फेला परेको थियो । ब्ल्याक बक्समा विमानका सबै डाटा र पाइलटले गरेका कुराकानीको रेकर्ड रहने भएकाले दुर्घटनाको कारण पत्ता लाग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस