Latest News

काँग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् छलफलका एजेण्डा

Nepalese Times March 27, 2022 (2 Year ago)    289 Views

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा ‘घर घर जाऔं, नेपाली काँग्रेस जिताऔं’ अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिको बिफ्रिङ जारी छ ।

शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थिए ।

आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ ।

बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल हुने छ । यस्तै स्थानीय तहका उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने बैठकको एजेण्डा छ । कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म पहिलो चरणको घरदैलो अभियान गरिररहेको छ।

यस्तै बैठकमा कांग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति तथा केन्द्रीय संसदीय समिति गठनका विषयमा समेत छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस