Latest News

स्थानीय चुनावका लागि निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत, क-कसले पाए जिम्मेवारी ? (सूचीसहित)

Nepalese Times March 27, 2022 (2 Year ago)    911 Views

काठमाडौं । स्थानीय चुनावका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत बनाइएको छ। पालिकामा भने निर्वाचन अधिकृत तोकिएको हो।

०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ। खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण दिइनेछ।

निर्वाचन आयोगले चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन र निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ।उनीहरूलाई निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिने र उक्त कार्यक्रममै नियुक्ति पत्र दिइने आयोगले जनाएको छ।

यस्तै नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिताप्रति असन्तुष्टि जनाएका छन्।

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय चुानवमा उम्मेदवार बन्न चाहने वर्तमान पदाधिकारीले पदबाट राजीनामा दिनुपर्ने नियम आयोगले राखेको छ। यो उचित नभएको तर्क एमाले उपहासचिव रिमालले गरेका हुन्।

शुक्रबार बिहान आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीले चाहिँ चुनाव लड्दा पदबाट हट्न नपर्ने तर स्थानीय तहका प्रमुखले चाहिँ उम्मेदवारी दिनुअघि नै पदबाट राजीनामा दिनुपर्ने किन भनेर प्रश्न गरेका हुन्।

‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका ‘प्रधानमन्त्री’ – पालिका अध्यक्ष वा मेयरहरूले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन’, रिमालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस्, सोच्नुपर्ला। तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठीक हुन्छ?’

प्रतिक्रिया दिनुहोस