Latest News

नयाँ शक्ति बिउँताउने बाबुराम भट्टराईको यस्तो तयारी, कसको नेतृत्वमा दर्ता भयो पार्टी ?

Nepalese Times March 27, 2022 (2 Year ago)    524 Views

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पहिलेको नयाँ शक्ति पार्टीलाई ब्युँताउने तयारी गरेका छन् । उनले पहिलेको नयाँ शक्ति ब्युँताउनका लागि अरु कोही व्यक्तिको नाममा दल दर्तासमेत गराएका छन् ।

माओवादी पार्टीबाट बाहिरिने वित्तिकै नयाँ शक्ति अभियान संचालन गर्दा पाएका उत्साहलाई अहिले अनुभव गर्न नसकेका डा. भट्टराईले उपेन्द्र यादवहरुसँग लामो समय सहकार्य गरेर अघि बढ्न सक्ने सम्भावना देखेका छैनन् ।

आर्थिक समृद्धिको नारा लिएर नयाँ शक्ति अभियान संचालन गर्दा आम नागरिक जति आकर्षित थिए, जनता समाजवादी पार्टी (जसपा) सम्म आइपुग्दा त्यो आकर्षणलाई जोगाउन नसकेको डा भट्टराईको निष्कर्ष छ ।

जसपाभित्रको अन्तरसंघर्ष चल्दै गर्दा अब यहि अवस्था रहिरह्यो भने राजनीतिक भविश्य नरहने र ‘नयाँ पार्टी नेपाल’ लाई सतहमा ल्याएर नयाँ ढंगको राजनीति सुरु गर्ने मनस्थितिमा डा. भट्टराई रहेका उनी निकट स्रोतले जनाएको छ ।

यस्तै तत्कालिन नयाँ शक्ति पार्टीले लिन चाहेको चुनाव चिन्ह आँखालाई पनि भट्टराईले सुरक्षित गर्न सफल भएको बुझिएको छ । त्यसका लागि चुनाव चिन्ह खुलेको एक आँखा चिन्ह राखेर निर्वाचन आयोगमा दल दर्ता भएको स्रोतले जनाएको छ ।

कम्युनिष्ट विचारधारा छाडेल लोकतान्त्रिक समाजवादको विचारधारा बोकेर उनले ५ वर्षअघि नयाँ शक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । तर पछि संघीय समाजवादी पार्टी हुँदै मधेश केन्द्रीत दलहरुसँग एकीकरण गर्न पुगे ।

उपेन्द्र यादव, महन्थ ठाकुर, अशोक राईलगायत नेताहरु उनी सहकार्य गर्न पुगे । भट्टराईले नयाँ शक्ति पार्टी दर्ता गर्दा समतामूलक समृद्धि, समानुपातिक–समावेशी लोकतन्त्र, सुशासन र सदाचार, स्वाधीनता र सार्वभौमिकता, समुन्नत समाजवाद जस्ता प्रतिवद्धताहरु अघि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस