ताजा समाचार

ओलीको पालामा जारी भएका यी ६ अध्यादेश राष्ट्रपतिबाट फेरि जारी, कुन अध्यादेशमा के छ ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १९:५५ (1 महिना अघि)    २३८ जनाले पढ़िसके

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छिन् । संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले विभिन्न ६ अध्यादेश जारी गरेकी हुन् ।

बुधबार जारी भएका अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ रहेका छन् ।

यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ पनि जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यलयका प्रवक्तासमेत रहेका सहसचिव सागर आचार्यले एक विज्ञप्ति जारी गर्दै विभिन्न अध्यादेश जारी भएको जानकारी गराएका हुन् । ६ वटै अध्यादेश अब राजपत्रमा प्रकाशित भएको दिनदेखि लागू हुनेछन् ।

यी अध्यादेश यसअघि केपी शर्मा ओलीको सरकारको पालामा जारी भए पनि संसदबाट पारित हुन नसक्दा निस्क्रिय बनेका थिए । अहिले फेरि संसद नरहेको बेलामा अध्यादेश जारी गरिएको हो ।


प्रतिक्रिया दिनुहोस