ताजा समाचार

यी क्षेत्रमा रोक लगाउँदै काठमाडौं जिल्ला प्रशासनले जारी गर्यो यस्तो आदेश, अटेर गर्नेलाई के सजाय ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १९:१४ (1 महिना अघि)    ५७६ जनाले पढ़िसके

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाएको छ ।

जिल्ला प्रशाशन कार्यलय काठमाठडौंले एक विज्ञप्ति प्रकाशित गरेर भोलि बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा तीर्थयात्री र भक्तजनहरुलाई माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण तथा सेवन नगर्न नगराउन आग्रह गरेको हो ।

सूचना विपरितको क्रियाकलाप भए गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेसमेत जिल्ला प्रशासनले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

तर, उक्त सूचना र सूचनाको भाषाले भोलि एक दिनबाहेक अरु दिन पशुपतिनाथ परिसरमा त्यस्ता पदार्थ सेवन गर्न पाइने र गरिँदै आएको अर्थ लागेको छ । बालाचतुर्दशीका दिन तीर्थयात्री र भक्तजनहरुले पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसेर बत्ती बाल्छन् ।

भोलिपल्ट बिहान बाग्मती नदीमा बत्ती बिसर्जन गरी पशुपतिक्षेत्रका ठमन्दिर, देवालय, शिवालय, कैलाश पर्वत, मृगस्थली, मृगवाटिकाका महादेवलगायतका स्थानमा सद्बीज छर्ने परम्परा रहिआएको छ ।

यस्तै पर्सी मंसिर १७ गते मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी परेको छ । त्यस दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहने गर्दछ ।

शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक वनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ ।

यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ । शतवीज छर्नेकुरामा ठाँउअनुसार आफ्ना आफ्नै चलनहरु रहेको पाईन्छ र माथी उल्लेख गरेका अलावा चना, तील, मकैहरुपनि राखेर शतवीज छर्ने चलन रहेको छ भने अन्नका साथसाथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा,केरा पनि राख्ने चलन रहेको छ ।

यसरी शतवीज छर्नका लागी चर्तुदशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम वसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो बनेर मात्र शतवीज भर्ने चलन छ । यसरी पृथ्वीलोकमा छरिएको शतवीज चाँही पितृहरुको लोकमा गएर अकुंरण हुने र यिनै विजकाकारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।

काठमाडौको पशुपतिनाथ अनि आसपासका किरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक बन लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वर लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुईँचो अनि मेला लाग्ने गर्दछ ।

पितामाता या पितामह या मातामह अर्थात हजुरवुवा अनि हजुरआमा या सातपुस्ता भित्र जुठो बार्न पर्ने जो कोहीको पनि जुठो बार्ने या बर्खि बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पुरागर्न नसकेमा या कुनै त्रुटीभएमा बाला चर्तुदशीको दिन पवित्र खोलामा तिनफेर डुबुल्की मारेर चोखो भई शतवीज छर्नाले र त्रयोदशीमा जाग्राम वसेर मृतात्माको नाममा दिप प्रज्वलन गर्नाले सम्पूर्ण दोषवाट मुक्तिपाउने जनविश्वास रहेको छ ।

यसरी दिप प्रज्वलनगर्न शिवालय या शक्तिपीठ नै पुग्ननसकेको खण्डमा मृतात्माको नाममा घरमै श्रद्धाकासाथ वत्ति प्रज्जवलन गरेर, दुना या टपरीमा बत्तिलाई राखी माथीवाट ज्वाला निस्कने ठाँउ दिएर अर्को दुना, टपरी या वोहतीले छोपेर खोलामा वगाउने चलन छ ।

यसरी सहजै वत्तिवगेको खण्डमा पितृले वैतर्नी तरेको र वत्ति सहजरुपमा नबगेको खण्डमा पितृले वैतर्नी नतरेको मान्यता पनि छ । सबैभन्दा रोचक प्रसँग चाही त्यस दिन पशुपतिको विश्वरुप मन्दिर छेउको गणेशको मुर्तीसँग समबन्धीत छ ।

उक्त गणेशको मुर्तीलाई कान नसुन्ने रुपको भगवानका प्रतिकका हिसाबले लिईन्छ र तसर्थ भक्तालुहरु ले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मुर्तीलाई कान सुनाउन खोज्ने चलन र अथक प्रयासहरुले बालाचर्तुदर्शीको अन्त्यमा रोचक महत्व राख्दछ । बाला चर्तुदशी एउटा मित्रताको प्रसँग पनि हो, बाला एकजना असुर हुन भनेँ उन्का साथी व्रिसलाई राजाले बाला लाई मार्नकालागी पठाएका हुन्छन् ।

बाला ले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव खाईदिने गरेकाले जनताहरुले धेरै दुख्ख पाएका हुन्छन् । व्रिसले आफ्नो साथी बाला लाई छलले मार्न उचित ठान्दैनन र मित्रताको न्यानो परिधीभित्र बाला ले जस्तोसुकै असुरभएको भएपनि आफ्नो साथी भएकाले हत्या गर्न नसक्ने भएकाले गएर श्लेषमान्तक बनमा गएर आदिददेव शिवजीको तपस्या गर्दछन् ।

शिव व्रिसको तपस्याले प्रसन्न भएर बालालाई असुरजुनीवाट मुक्त गरिदिन्छन् र व्रिसलाई शतवीज छरेर आफ्नो साथी बालालाई पापवाट मुक्त गराउन आज्ञा दिन्छन् । यसरी शतवीज छर्ने चलन शुरुभएको र आजको यो दिन मित्रताको दृष्टान्तकारुपमा पनि उत्तिकै महत्पूर्ण रहेको कुरा बाला र व्रिसको यो कथाले प्रष्टपारेको छ ।


प्रतिक्रिया दिनुहोस