ताजा समाचार

आज रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घट्यो, काठमाडौंमा कति पर्ला ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १९:०२ (1 महिना अघि)    १५७९ जनाले पढ़िसके

काठमाडौं । विश्व बजार नै अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा परेको छ । केही महिना यता लगातार बढिरहेको पेट्रोलियम पदार्थको आकाशिएको मूल्यले विश्वबजार नै शिथिल र डाँँवाडोल बनाइदिएको छ ।

त्यसैलाई ध्यानमा राखेर भारत सरकारले आज रातिदेखि पेट्रोलियम पदार्थको भाउ घटाउन लागेको हो ।

भारतको नयाँ दिल्ली सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा लगाइएको मूल्यअभिवृद्धि कर (भ्याट) मध्ये प्रतिलिटर ८ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

सरकारले लिने भ्याट घटाउँदा यसको प्रत्यक्ष लाभ जनताले लिन सक्ने बताइएको छ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्छ ।

आज बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै स्वतः प्रतिलिटर ८ रुपैयाँ मूल्य घट्ने भएको हो ।

दिल्ली सरकारले पेट्रोलमा लाग्दै आएको भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९ दशमलब ४ प्रतिशतमा झारेको छ । घटेको मूल्य आज मध्यरातबाट लागू हुँदै छ । नेपालमा केही दिन अघि बढाइएको पेट्रोलियम पदार्थको भाउ पुनः बढ्ने अवस्थामा छ ।

भारतमा पेट्रोलको भाउ घटेसँगै नेपालमा पनि अब भाउ घट्ला या के होला ? भन्ने आम चासो रहेको छ । भारतमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा नेपालमा पनि त्यसको प्रभाव पर्दै आएको छ ।

यस्तै, कोरोनाको नयाँ भेरियन्ट संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रभावित भएको छ । अमेरिकी बेन्चमार्क डब्लूटीआइ कच्चा तेल प्रति ब्यारेल ७० डलरभन्खा तल झरेको छ। योसँगै ब्रेन्ट क्रुडको मूल्य पनि घटेको छ ।

गत हप्ता मात्र प्रतिब्यारेल १० डलर घटेको थियो । करिब एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस