ताजा समाचार

प्रधानन्यायाधीश जबरा प्रकरणबारे फेरि बोले प्रचण्ड, कानुन व्यवसायीहरुलाई पैँचो तिर्छु किन भने ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १८:४८ (1 महिना अघि)    ८५ जनाले पढ़िसके

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको विवादलाई लिएर सत्तारूढ गठबन्धन गम्भीर रहेको बताएका छन् ।

बुधबार नेपाल बार र सर्वोच्च अदालत बारका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूले दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यपालिकामा समस्या देखा पर्दा कानुन व्यवसायीको ठुलो सहयोग भएको भन्दै उनले त्यसको ऋण आफूहरूले तिर्नुपर्ने पनि बताए ।

हिजो कार्यपालिकामा समस्या देखा पर्दा, आफूहरुलाई त्यहाँबाट ठुलो सहयोग प्राप्त भएको भन्दै उनले त्यसले जनमत निर्माणमा पनि अदालतको निर्णयलाई प्रभावित पार्ने हकसम्म पनि सकारात्मक अर्थमा महत्वपूर्ण भूमिका खेलेको अस्ति भर्खरै भएको बताए ।

उनले भने, àत्यसकारण म यहाँहरू सबैलाई के भन्न चाहन्छु भने हामीले बिर्सियौँ कि भन्ने नठानियोस् । तपाहईंरूले लगाएको त्यो गुनको पैँचो हामीले तिर्नुपर्छ ।’

प्रचण्डले सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने आश्वासन दिए । उनले नेपालको न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय भएकाले कार्यपालिकाबाट यसको हल हुनुपर्नेसमेत बर्ता ।

यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्य प्रणालीसँग सम्बन्धित भएकोले समस्या समाधान हुन अब समय नलाग्ने उनको भनाइ थियो ।

न्यायपालिकाको समस्यालाई राजनीतिक दलहरूले सम्बोधन गर्न सके न्यायपालिकाको गुणात्मक सुधारको प्रक्रिया यही विन्दुबाट सुरु हुने बताउँदै उनले यो विन्दु न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसङ्गतिको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढङ्गले जाने गरी अघि बढ्ने बताए ।

अध्यक्ष दाहालले न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी अघि बढ्छ भन्ने कुरा सारा विश्वले हेरिरहेको भन्दै धैर्यताको विन्दुभन्दा टाढा जान नसक्ने प्रष्ट पारे ।

उनले भने, ‘यो न्यायपालिकाको मात्रै कुरा होइन, यो समग्र राज्य प्रणालीसँग सम्बन्धित कुरा हो । यो पटक यसलाई हामीले सम्बोधन गर्न सकियो भने न्यायपालिकामा त एउटा गुणात्मक सुधारको प्रक्रिया यही विन्दुबाट सुरु हुन सक्छ । न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसङ्गतिको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढङ्गले जाने विन्दु यो हुन सक्छ । यो सामान्य छैन ।’

उनले फेरि भने, ‘यो हाम्रो देशभित्रको मात्रै पनि कुरा छैन, अब त अन्तर्राष्ट्रिय पनि भइसक्यो । अब नेपालले के गर्छ भन्ने कुरा पूरा विश्वले हेरिरहेको छ, न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी लान्छन् त नेपालीले भन्ने कुरा सबैले हेरिराखेकै कुरा छ । म यूएन मिसनसँग कुरा गर्दैछु, त्यहाँ पनि यसको कुरा उठेको छ ।’

उनले फेरि थपे, ‘हाम्रो धैर्यताको पनि एउटा विन्दुसम्म धैर्यता होला, तर हामीले गम्भीर छौँ भनिसकेका छौँ। यो समस्या समाधानको मात्रै होइन, ठूलो विसङ्गति अन्त्य हुनेतिर नेपाल जाने विन्दु हुनसक्छ यो आन्दोलन ।’


प्रतिक्रिया दिनुहोस