ताजा समाचार

ईश्वर पोखरेलले कमल थापासँग गरे संगै हिँड्ने प्रस्ताव, के गर्लान् थापा ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १८:१८ (1 महिना अघि)    ३०६ जनाले पढ़िसके

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि राप्रपासँग सहकार्यको प्रस्ताव गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको मृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि आफ्नो पार्टीसँग एकीकृत भएर राप्रपा नेपाल र अध्यक्ष कमल थापासँग प्रस्ताव अघि सारेका हुन् ।

उनले आफ्नो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न प्रयास गरिरहेको दाबीसमेत गरे । यस्तै उनले सरकार र सत्तारुढ पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको आरोप लगाएका छन् ।

भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली नागरिकको ह–त्या हुँदासम्म सरकारले चुइँक्क बोल्न नसकेको भन्दै उनले अहिलेको सरकारले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको आरोप लगाए ।

राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जताबाहेक अरु केही देखाउन नसकेको उनको दाबी छ ।

बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताको महाधिवेशनमा बोल्दै उनले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दललाई एकताबद्ध हुन पनि आह्वान गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले जुनसुकै विचारधारामा उभिएको भए पनि राजनीतिक दलहरुले राष्ट्रलाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने बताए ।

‘वर्तमान सरकार र सत्तारुढ दलहरुले संविधानको पालना गर्ने कुराको मतलव राख्नुपर्दैन । कानुनको बर्खिलापमा गए हुन्छ । जारी भएका विकासका योजनाहरुलाई समाप्त पार्ने कुरा गरे हुन्छ । राष्ट्रिय स्वाभिमान नामको चिजलाई लत्याए हुन्छ ।’

उनले भने, ‘यसखालको स्थिति हामीले देखिराखेका छौँ । म यहाँहरुलाई यो महाधिवेशन सफल होस् भनेर शुभकामना दिइरहँदा एउटा निवेदन मैले गर्नै पर्दछ कि हामी राजनीतिक विचारमा जुनसुकै ठाउँमा उभिएको हौँ । एउटा कुरामा हामी सबैको ध्यान जान जरुरी छ । देशभन्दा ठूलो अरु केही हुन सक्दैन । देश हाम्रो लागि सर्वोपरि हो ।’


प्रतिक्रिया दिनुहोस