ताजा समाचार

सिंहदरबारभित्र दिउँसो गोली फायरः प्रहरी प्रधान कार्यलयले चाल्यो यस्तो कदम !

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १८:११ (1 महिना अघि)    १६६ जनाले पढ़िसके

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) अनुपमा भारतीलाई कारबाही भएको छ ।

गएको गत कात्तिक १० गते सिंहदरबारभित्र गोली चलेको घटनामा दोषी ठहर गर्दै प्रहरी प्रधान कार्यलयले उनलाई कारबाही गरेको हो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) भारतीलाई कारबाही गरेको हो। असई भारतीको लापरबाहीका कारण सिंहदरबारभित्र दिउँसै गोली चलेको निष्कर्ष निकाल्दै उनलाई कारबाही गरिएको छ।

सिंहदरबार जस्तो मुख्य प्रशासनिक निकायमा दिउँसै गोली चल्नुलाई गम्भीर घटनाका रुपमा लिँदै छानबिन गरिएको थियो।

सो क्रममा भारतीको लापरबाहीका कारण गोली चलेको भन्ने निष्कर्ष निस्केपछि उनलाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

असई भारतीलाई अभिलेखमा गणना हुने गरी नसियत दिइएको प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ। उनलाई पीएसओको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयमा तानिएको छ।

संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । डियुटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा उक्त गो-ली फायर भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस