ताजा समाचार

सेयर बजारमा उत्साह, कुन कम्पनीको सेयर मूल्य कतिले बढ्यो ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १६:१३ (1 महिना अघि)    १०४ जनाले पढ़िसके

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५.२८ अंकले बढेको छ । नेप्से परिसुचक बढेर २६३३.७५ अंकको बिन्दुमा कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता सेयर खरिदबिक्रीबाट २ खर्ब ७४ करोडको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचकमा समेत ०.८९ अंकले बढेर ४९६.७४ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

समूहगत उपसूचकतर्फ होटल तथा पर्यटन, नीर्जीवन बीमा समूह, माइक्रोफाइनान्स समूह र जीवन बीमा समूहको सेयर कारोबार घटेको छ ।

यसैगरी बैंकिङ समूह, व्यपार समूह, विकास बैंक समूह, वित्तीय समूह, उत्पादन तथ प्रसोधन समूह, अन्य समूह, सामूहिक लगानीकोष समूह र उत्पादन समूहको सेयर कारोबारमा भने सामान्य अंकले बढेको छ ।

आज पनि सालिङ्ग जलविद्युत कम्पनी र न्याग्दी जलविद्युत कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । १४ करोड ५३ लाख को कारोबार गर्दै नेपाल दुरसञ्चार कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।


प्रतिक्रिया दिनुहोस