ताजा समाचार

विदेश भ्रमणमा नजान भन्दै सरकारले निकाल्यो यस्तो विज्ञप्ति !

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १६:१० (1 महिना अघि)    १०८ जनाले पढ़िसके

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै अति आवश्यक कामबाहेक विदेश भ्रमणमा नजान आग्रह गरेका हुन् ।

बुधबार विज्ञप्ति जारी गर्दै उनले ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै डा। अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए ।

ओमिक्रोन भेरियन्ट भारत, बेलायत, दक्षिण कोरिया, क्यानडालगायत २० भन्दा धेरै देशमा देखा परिसकेको छ । कोरोनाको नयाँ भेरियन्ट देखा परेका केही देशहरुले आवश्यक प्रतिवन्धहरु लगाइसकेका छन् ।

केही देशले हवाई उडान बन्द गरिसकेको छ भने केही देशमा आवात जावतमा कडाई भएको छ । अरु देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट देखा परेसँगै नेपालमा पनि त्यसको जोखिम उच्च रहेको स्वास्थ्य क्षेत्रका जानकारहरुले बताएका छन् ।

नेपालले पनि केही समयका लागि केही देशमा हवाई सेवा बन्द गर्ने निर्णयसहित उच्च सतर्कता अपनाएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस