ताजा समाचार

छिमेकमा एकैदिन झण्डै ९ हजार नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा जोखिम कति ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १४:४९ (1 महिना अघि)    १०२ जनाले पढ़िसके

काठमाडौं । कोरोना संक्रमणदर फैलने या साम्य हुने मुख्य हात भारतको रहँदै आएको छ । भारतसँग खुला सिमाना भएकोले पनि त्यता कोरोना संक्रमित बढ्दा यता पनि बढ्न सकिने र त्यता घट्ने यता पनि घट्ने क्रम नौलो होइन ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा नेपालका सरकारी स्वास्थ्य अधिकारीहरुको भूमिकाबारे बेलाबेला प्रश्न उठ्ने गर्छ । आम नेपाली नागरिकलाई छिमेकी देश भारतमा कोरोना संक्रमणको दर कस्तो छ भन्ने चासोसमेत हुँदै आएको छ ।

भारतमा एकैदिन ८ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको छ ।

एकैदिन कोरोना सङ्क्रमणबाट २७६ जनाको ज्यन गएपछि कूल मृतकको संख्या चार लाख ६९ हजार २४७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अझै पनि ९९ हजार २३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । गएको २४ घण्टामा भारतमा १० हजार २०७ जना कोरोनाबाट मुक्त भएका छन् ।

यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख २८ हजार ५०६ जनालाई कोरोनाको सङ्क्रमण निको भएको छ । भारतमा कोरोना संक्रमणको अवस्था हेरेर नेपालमा थप सजगता अपनाउने स्वास्थ्य क्षेत्रका जानकार एवम् विज्ञहरुले बताएका छन् ।

यस्तै कोरोना भाइरसको नयाँ भेरियन्ट विभिन्न देशहरुमा पुष्टि हुने क्रम बढेको छ । रोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ ।

अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो विरामी भेटिएका हुन ।
दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रु मध्ये एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख आइफेडायो अडेटीफाले भने, “हामीले गरेको परीक्षणबाट नाइजेरियामा पहिलो ओमिक्रोन सङ्क्रमित भेटिएको छ ।” उनले ती सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरुको खोजी गरी उनीहरुलाई आइसोलेसनमा राखेर परीक्षण समेत गर्न लागिएको जानकारी दिए ।

“ओमिक्रोन विश्वभरीको चासो र सरोकारको विषय हो, त्यसैले पनि हामीले सतर्कता अपनाउनु र थप फैलिनबाट रोक्नु पर्दछ,” उनले भने ।नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई हजार ९७६ जनाको ज्यान गएको छ र दुई लाख १४ हजार ११३ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

तर कतिपयले भने सरकारी अधिकारीहरुले दिएको विवरण भन्दा धेरैको ज्यान गएको र त्यो भन्दा धेरै सङ्क्रमित भएको दाबी गरेका छन् ।

यस्तै जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ ।

‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’ , यातायात मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताउनुभयो, विद्यमान बुकिङमा असर नपर्ने पनि उनले बताए ।

जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ । दश दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने सबै गैर–नागरिकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया दिनुहोस