ताजा समाचार

राप्रपाको कार्यक्रम चल्दाचल्दै प्रचण्डको पारो तात्नेगरी सीपी मैनालीले के भनेका थिए ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १४:२५ (1 महिना अघि)    ४०९ जनाले पढ़िसके

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भए ।

राप्रपाको महाधिवेशनमा पुगेका प्रचण्डले महाधिवेशन सफल होस् भन्ने शुभकामना दिए । शुभकामनासँगै केही कम्युनिष्ट पार्टीका नेताहरुलाईसमेत कटाक्ष गरे ।

सुरुमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति रिस पोखेका उनले नेकपा मालेका अध्यक्ष सीसी मैनालीलाईसमेत बाँकी राखेनन् ।

राप्रपाको महाधिवेशन उद्घाटन सत्रमा राजतन्त्रका विषयमा मैनालीले दिएको अभिव्यक्तिलाई लक्ष्य गर्दै उनले ‘राप्रपाको अध्यक्ष बन्ने तयारी’ भन्दै कटाक्ष गरेका हुन्।

आफैंले सुरुमा गणतन्त्रका लागि मान्छेको टाउको काट्न सुरु गरेको स्मरण गराउँदै सीपलाई प्रचण्डले भने, ‘राजतन्त्र फाल्न सुरुमा मान्छेका टाउको काट्ने सीपीजीले महान राजा भनेर बोल्नुभयो। उहाँ राप्रपाको अध्यक्ष बन्ने तयारी गर्दै हुनुहुन्छ क्यारे, शुभकामना। त्यस्तै हो भने बधाई छ सीपीजी सजिलै बोल्नुभयो।’

आफूले त्यसरी लोलोपोतो गर्न नजान्ने बताउँदै राप्रपासँग मत नमिल्ने उल्लेख गरे। आफू गणतन्त्रवादी र धर्म निरपेक्षतावादी रहेको उनले स्पष्ट पारे।

प्रचण्डले बोल्नुअघि मैनालीले सम्बोधनका क्रममा राजा महेन्द्र राष्ट्रवादी भएको भन्दै प्रशंशा गरेका थिए भने प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएका थिए ।

उनले नेपालको राजनीतिक इतिहासमा भएका चार वटा राजनीतिक परिवर्तनमध्ये राजा महेन्द्रले गरेको परिवर्तन बाहेक अरु सबै परिवर्तन बाह्य हस्तक्षेपको अवाञ्छित परिणाम रहेको दाबी गरे । उनले भने, ‘हामीमाथि थोपरिएका बाह्य प्रभाव र हस्तक्षेपलाई हामीले अनदेखा गर्यौं ।’ राजा महेन्द्रले दिल्ली हस्तक्षेपबाट भएका परिवर्तनलाई खारेज गरिदिएको उनको भनाइ थियो ।

‘सिंगो नेपाल भारतमा गाभिएको सिक्किमजस्तो हुनबाट रोक्न पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने त्यो राजा महेन्द्रले नै हो,’ उनले भने, ‘संविधानसभा हाम्रो ७ दशकदेखिको एजेण्डा भनेर नेताहरुले भन्दै आउनु भएको छ, ००९र०१० सालमा संविधानसभा गर्न पाएको भए नेपाल सिक्किम भइसक्थ्यो । महेन्द्रले त्यो बुझेर तुहाइदिनुभयो ।’ उनले अगाडि भने, ‘सीपी मैनाली राजा महेन्द्रलाई राष्ट्रवादी भन्छ ।’

 


प्रतिक्रिया दिनुहोस