ताजा समाचार

आजदेखि राप्रपाको महाधिवेशन, अध्यक्षमा कसले मार्ला बाजी ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार ०७:३१ (1 महिना अघि)    १७५ जनाले पढ़िसके

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी महाधिवेशन आजदेखि सुरु हुँदैछ । बुधबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।

यो महाधिवेशन तीन पार्टीको एकता भएपछि पहिलोपटक हुन लागेको हो । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा देखिने छन् ।

पटक–पटक विभाजन र एकता गर्दै आएका उनीहरुको दलले यसपटकको महाधिवेशनलाई एकताको महाधिवेशन भनेको छ। राप्रपा एकीकरणपछि तीन अध्यक्ष रहेका थिए। यो महाधिवेशनले एक अध्यक्ष चयन गर्नेछ। तीन वर्ष अध्यक्ष भएर पार्टीको नेतृत्व गरेका थापा र राप्रपाको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने भन्दै लिङ्देन पक्ष चुनावी मैदानमा उत्रिएका छन्।

राप्रपाका अन्य अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले भने यसपटक अध्यक्षमा प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेका छन् ।

दुई अध्यक्षबीच टक्कर भएपछि वरिष्ठ नेताहरू पनि दुई खेमामा खुलेरै लागेका छन। थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ भने लिङदेनलाई डाक्टर प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा लगायतको साथ छ। तीन पटक अध्यक्ष भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय छन्।

राप्रपामा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तिमा नौ जना र सक्रियता सदस्य बढि भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रनिनिधि छन्।

महाधिवेशन मंसिर १७ गतेसम्म चल्ने राप्रपाले जनाएको छ । संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्रको पक्षमा उभिँदै राप्रपाका दुई अध्यक्ष यहि एजेण्डा बोकेर अधिवेशनमा होमिएका हुन् ।


प्रतिक्रिया दिनुहोस