ताजा समाचार

बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १०१ पुग्यो, कहाँ कति ? (विवरणसहित)

नेप्लिज संवाददाता ४ कार्तिक २०७८, बिहीबार १८:४३ (1 महिना अघि)    १०० जनाले पढ़िसके

काठमाडौं । बाढी, पहिरोर डुबानमा परी ज्यान गुमाउनेको संख्या १०१ पुगेको छ । अरु ४० जना घाइते अवस्थामा रहेका छन् ।

सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको ज्यान गएको हो ।

१ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका सरकारी अधिकारीले बताएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन्। ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

१ सय ३९ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन्।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा सुरक्षाकर्मीले गरिरहेका छन्।

विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य पनि भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, आठ वटा गोठ, ६ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क छ । बाढी, पहिराेबाट एक सय ३९ पशु चौपाया मरेका छन् ।

गएकाे शनिवार रातिदेखिको वर्षाले एक हजार एक सय ७७ घर परिवार विस्थापित भएका छन् । साथै बाढी–पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित ठाउँमा राख्ने, पहिरोमा पुरिएको सामग्री निकालेर सुरक्षा गर्ने काम भइरहेको र पहिरोले अवरोध भएका सडक खुलाउने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस