ताजा समाचार

राजेन्द्र पाण्डे बन्ने भए वाग्मती प्रदेशको मुख्यमन्त्री, शालिकराम जम्मकट्टेलले गरे यस्तो प्रस्ताव !

नेप्लिज संवाददाता ४ कार्तिक २०७८, बिहीबार १७:२७ (1 महिना अघि)    १२८ जनाले पढ़िसके

काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् ।

बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए ।

बागमती प्रदेशमा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । तर शाक्यको पक्षमा प्रदेशसभामा बहुमत छैन ।

उनले विश्वासको मत नपाएमा बहुमतको अर्को सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । एकीकृत समाजवादीका नेता पाण्डेलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन छ ।

नेकपा एमालेकी नेतृ शाक्य मुख्यमन्त्री भएको दुई महिना भएको छ। उनी अल्पमतमा परेकी छिन्। उनले गठबन्धनका तर्फबाट नयाँ सरकार बन्ने भएकोले मुख्यमन्त्रीबाट शाक्यले राजीनामा दिनुपर्ने पनि बताएका छन्।

उनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसकिने पनि बताए। ‘उहाँलाई मतदान गर्न सकिँदैन,’ जमरकट्टेलले भने, ‘उहाँलाई हामीले समर्थन गर्न सक्दैनौं। विश्वासको मत पास हुन्न। गठबन्धनको स्पष्ट बहुमत छ।’

विश्वासको मतमा जानुभन्दा पनि राजीनामा दिन उनले मुख्यमन्त्री शाक्यलाई आग्रह गरेका छन्। सबैका कुरा सुनेर भावी सरकारले काम गर्ने पनि जमरकट्टेलले दाबी गरेका छन्।

साथै प्रदेश सभामा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्र बानियाँले गठबन्धनलाई चुनावसम्मै निरन्तर रूपमा लगिने बताए। प्रदेशमा रहेको एमालेको एकलौटी सरकारले प्रभावकारी ढंगले काम नगरेको आरोप उनको थियो।

‘केन्द्रदेखि यहाँसम्म गठबन्धन छ, मार्गप्रशस्त गरिदिएको भए हुन्थ्यो,’ बानियाँले भने, ‘यथाशीघ्र यो प्रक्रिया टुंग्याउन सभामुख पनि लाग्नुस्।’ प्रदेश सभामा बहुमत हुन ५५ जना भए पुग्नेमा ५९ जना पुगिसकेको बानियाँको भनाइ छ।

कांग्रेस गठबन्धनप्रति इमान्दार भएको पनि उनले बताए। उनले कसैलाई पनि दम्भ गर्न आग्रह गरेका छन्। उनले एमालेलाई सत्यको बाटो हिँड्न पनि आग्रह गरेका छन्। ‘अहिलेको मुख्यमन्त्रीलाई हाम्रो साथ छैन,’ उनले भने।

यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्रीमा गठबन्धनबाट प्रस्तावित रहेको प्रदेश सभामा जानकारी गराएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस