ताजा समाचार

प्रचण्डकी बुहारीलाई माओवादीले दियो यस्तो महत्वपूर्ण जिम्मेवारी, अरु कसले कुन जिम्मेवारी पाए ?

नेप्लिज संवाददाता ४ कार्तिक २०७८, बिहीबार १६:५३ (1 महिना अघि)    १६६ जनाले पढ़िसके

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी एवम् पूर्व खानेपानीमन्त्री विना मगरले नेकपा माओवादी केन्द्रमा महत्वपूर्ण जिम्मेवारी पाएकी छिन् ।

३२ जना केन्द्रीय विभाग प्रमुख चयन हुँदा उनले पनि माओवादीभित्र विभागको महत्वपूर्ण जिम्मेवारी पाएकी हुन् ।

विनालाई खानेपानी विभागको जिम्मेवारी मिलेको छ । प्रत्यक्ष निर्वाचित सांसद समेत रहेकी विना मगर माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

यस्तै सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहेका छन् । सवै विभाग र प्रतिष्ठान ३५ सदस्यीय रहेका छन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग गठन गर्न बाँकी नै रहेको जनाएका छन् ।

उनका अनुसार उक्त विभाग सूर्य सुवेदीको नेतृत्वमा गठन गरिनेछ । बाँकी विभागका विभागीय प्रमुखमा अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएका छन् भने संगठन विभागको प्रमुख जनार्दन शर्मा भएका छन् ।

त्यस्तै विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाश विभाग कृष्णबहादुर महरा, विपद व्यवस्थापन विभागमा सूर्य सुवेदी, उद्योग मामिला विभागमा वामदेव क्षेत्री, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभागको नेतृत्व मात्रिका यादवले पाएका छन् ।

त्यसैगरी कोष तथा आर्थिक विभाग प्रमुख डोरप्रसाद उपाध्याय, खानेपानी विभाग प्रमुख विना मगर, जलस्रोत तथा ऊर्जा विभाग लीलामणि पोखरेल, निर्वाचन विभाग प्रमुख खिमलाल देवकोटा, कानून विभाग प्रमुख मुक्ति प्रधान,पर्यटन विभागमा झक्कुप्रसाद सुवेदी, प्रादेशिक मामिला विभाग–पर्शुराम तामाङ र पार्टी स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेलले पाएका छन् ।


प्रतिक्रिया दिनुहोस