ताजा समाचार

खानेपानी कार्यालयका हाकिमलाई सिके राउतका कार्यकर्ताले नाङ्गेझार पारेर यसरी गाउँ घुमाए, कारण यस्तो !

नेप्लिज संवाददाता ४ कार्तिक २०७८, बिहीबार १५:५० (1 महिना अघि)    २९२ जनाले पढ़िसके

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई नाङ्गेझार बनाएर गाउँ परिक्रमा गराएका छन् ।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ ।

सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुव्र्यवहार गरेका हुन् । लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई समातेर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् ।

कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् ।

जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।

खनिएको खाल्डो त्यसै छाडिएको छ भने निर्माण अघि नबढाएको विषयमा उपमहानगरपालिका र खानेपानी तथा ढल निकास कार्यालयले एक अर्कालाई दोष दिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस