ताजा समाचार

सेती नदीले क्षति पुर्‍याएको बैतडीको ढुंगाड पुगेर प्रधानमन्त्री देउवा किन केही नबोली फर्किए ?

नेप्लिज संवाददाता ४ कार्तिक २०७८, बिहीबार १५:४२ (1 महिना अघि)    १२६ जनाले पढ़िसके

बैतडी । सेती नदीले क्षति पुर्‍याएको बैतडीको ढुंगाड पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा केही नभनी फर्किएका छन् ।

प्रधानमन्त्री देउवाले राहत र क्षतिपूर्तिको कुरा नगरेको भन्दै स्थानीयले चित्त दुखाएपछि उनी चुपचार फर्किएका हुन् ।

बिहीबार दिउँसो ढुंगाड बस्ती पुगेका उनले स्थानीयसामु केही नभनी फर्किएका स्थानीय भानबहादुर बोहराले बताए । बोहराका अनुसार प्रधानमन्त्रीले सबै ठाउँमा यस्तै भएकाले केही निर्णय गर्नेमात्र भनेर फर्के ।

हेलिकप्टरबाटै प्रभावित क्षेत्रको अवलोकन गरेका उनले केही समय पीडितहरुले दिएको ज्ञापनपत्र बुझे । प्रधानमन्त्री आएपछि सबै समस्याहरु प्रत्यक्ष राखेर समाधान हुने आशा बोकेका स्थानीयले यो मौका नपाएका उनले बताए ।

देशकै प्रमुख र अन्य मन्त्रीहरु बस्तीमै पुगेको बेला केही ठोस निर्णय गरेर जानुहुन्छ भन्ने आशा बोकिरहेको भए पनि यस्तो नभएको एक स्थानीयले बताए ।

आफूहरुले केही आश्वासन पनि नपाएको भन्दै उनीहरुले पटक–पटक डुबानमा पर्ने ढुंगाड बस्तीलाई तराईको कुनै स्थानमा सारिदिनको लागि माग गरे ।


प्रतिक्रिया दिनुहोस