ताजा समाचार

माधव नेपाललाई ठूलो झट्का, यी ३ प्रभावशाली नेता पनि साथ छाडेर एमालेमै फर्किए !

नेप्लिज संवाददाता ४ कार्तिक २०७८, बिहीबार ०९:३७ (1 महिना अघि)    १०६ जनाले पढ़िसके

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रभावशाली तीन जना केन्द्रीय सदस्य पनि एमालेमै फर्किएपनि माधव नेपाललाई ठूलो झट्का लागेको छ ।

उनीहरु नेकपा एमालेमा फर्किएसँगै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायत नताहरु तनावमा परेका छन् ।

रामेछापका झम्क कडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसीलाई नेकपा एकीकृत समाजवादी पार्टीले हालैमात्र ३३५ सदस्यीय केन्द्रीय कमिटीमा समेटेर कार्यविभाजन समेत गरेको थियो । केसी भने सल्लाहकार सदस्यमा थिए ।

तीनैजना बुधवार आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी भएको अध्यक्ष आनन्द पोखरेलले बताए ।उनीहरू एमालेको प्रदेश कमिटी सदस्यमा थिए ।

पाँच दिनमै उनीहरू नेकपा एकीकृत समाजवादीको जिम्मेवारी छाडेर एमालेको प्रदेश कमिटीमा सक्रिय भएका हुन् ।

त्यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छिन् ।

नेकपा ९एमाले० वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको आज उद्घाटन सत्रमा बोल्दै उनले जनादेश बमोजिम पुनःसशक्त एमाले बनाएर छिन्नभिन्न कम्युनिष्टलाई एकतामा ल्याई समृद्धि र समाजवादको यात्रामा लाग्नुपर्ने बताईन् ।

“एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन”, उनले भनिन् । मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको बताईन् ।


प्रतिक्रिया दिनुहोस