ताजा समाचार

यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

नेप्लिज संवाददाता २७ आश्विन २०७८, बुधबार १७:३७ (1 हप्ता अघि)    १५४ जनाले पढ़िसके

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पाँच हजार पाँच सय ९४ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९४ जना अर्थात् परीक्षणको ६ दशमलव ५२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ६ सय नौ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७८ हजार तीन सय ५० जना पुगेको छ ।

यही अवधिमा थप चार जना सङ्क्रमितको ज्यान गएको छ । सँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ६१ पुगेको छ ।

अहिले १४ हजार दुई सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यसमध्ये तीन सय १५ जनाको आईसीयू र एक सय सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा थप दुई हजार दुई सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म ८३ लाख ८३ हजार आठ सय ८७ जनाले पहिलो मात्रा र ६४ लाख ६८ हजार आठ सय ९० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस