ताजा समाचार

यस्तो विज्ञप्ती निकालेर प्रचण्डले भने – ‘म स्तब्ध छु’

नेप्लिज संवाददाता २७ आश्विन २०७८, बुधबार १५:२२ (1 हप्ता अघि)    २१५ जनाले पढ़िसके

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरका साथै कास्की, अछामलगायतका स्थानमा भएको दुर्घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

उनले विज्ञप्ति प्रकाशन गरी दुर्घटनामा ज्यान गुमाएकाहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदनासमेत प्रकट गरेका छन् ।

उनले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।

नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटना बढ्दै गइरहेको भन्दै उनले दुर्घटना न्यूनीकरण गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस