ताजा समाचार

राँगाको मासु नदिएको निहुँमा झगडा हुँदा बाबुद्वारा छोराको ह–त्या !

नेप्लिज संवाददाता २७ आश्विन २०७८, बुधबार १५:१३ (1 हप्ता अघि)    ३८१ जनाले पढ़िसके

सल्यान । राँगोको मासु नदिएको विषयमा झगडा हुँदा सल्यानमा बाबुले छोराको ह–त्या गरेका छन् ।

बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको ह–त्या गरेका हुन् ।

मंगलबार दिउँसो उनीहरुबीच मासुको विषयमा सामान्य विवाद भएको थियो ।

राति करिब १० बजे नीमबहादुरले घरमै छोराको ह–त्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

धारिलो हतियार प्रहार गरेपछि उनको तत्कालै मृ–त्यु भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालले झगडा गरेका थिए ।

राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा जाँदा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस