ताजा समाचार

भक्तपुरको डोलेश्वर मन्दिर पुगेर मनोज गजुरेलले यसरी गरे दोस्रो विवाह

नेप्लिज संवाददाता २५ आश्विन २०७८, सोमबार १३:५१ (1 हप्ता अघि)    ५४२ जनाले पढ़िसके

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल दोस्रो पटक वैवाहिक जीवनमा बाँधिएका छन् ।

उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल मार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् ।

दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।

२२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै चर्चित हास्य कलाकार मनोज गजुरेल र फेसन डिजाइनर मीना ढकालले पारपाचुके गरेका थिए ।

आपसी समझदारी अनुसार गरिएको पारपाचुकेपछि मीनाले अंशबण्डावापत मनोज गजुरेलबाट ६५ लाख रुपैयाँ पाएकी थिइन् भने उनकी छोरीले ६० लाख रुपैंया प्राप्त गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस